चलचित्रमा देखेको जस्ता भुतहरु,
ती दुःख दिइरहने भुतहरु,
कहिले देखिएन!
सानोमा हजुरबुवा भन्नुहुन्थ्यो,
भुतहरु!
घना जंगलमा बस्छ,
भूत नियाल्न माथि आकाशमा हेर्नुपर्छ !
ती जंगलमा नभिटिएका,
एकान्त गाउँमा नदेखिएका भुतहरु,
धेरैअघि सहर पसिसकेछन् ।
खानाको अभावमा,
सामूहिक मरण रोज्ने परिवारबाट,
टाढिएका आफन्तहरू भूत हुन्!
चुनावपछि गाउँलाई बिर्सिने,
दहीचिउरे सामन्ती नेताहरु भूत हुन् !
हिजोआज भुतहरु,
एकान्तमा हैन, कोलाहलमा बस्दछन्।
शहर छिरेदेखि,
सिमेन्टका जंगलभित्रका,
आकासे दरबारभित्र बस्दारहेछन्,
"आधुनिक भुतहरु"
©jiban
J