समुन्द्र परको यो अध्यारो शहरबाट
मेरो उज्यालो देश सम्झन
मैले रात पर्खिनुपर्छ !
जब कि बिहान दिउसो अथवा साझ
मैले आफैलाई भुल्नु पर्छ !
एकछिन लाई मान्नुस कि म मेसिन हु
प्राणहीन तर गतिशिल
एकछिन लाई ठान्नुस कि म कारखाना हु
उत्पादक तर मुल्यहीन तर म त जीवित मानिस हु ।
मलाई मानिस कै रुपमा चिन्न
सबै भन्दा पहिले
मेरो सङ्हर्ष र दुखको घाउ चिन्नु पर्छ
मेरो रगत पसिना अनि
तातो आशु को रङ चिन्नु पर्छ !
को हु म भनी चिन्न कहिले
आफैलाई बेसरी चिमोटेकी छु
कहा छु भनेर बुझ्न कहिले
हिडिरहेको आफ्नै पैतालाको
डोबहरुलाई दोहोर्याएर हेरेकी छु
जब स्पस्ट चिन्छु आफु लाई
आफ्नै माटोको माया बल्झेर आउछ
तर यो उजाड प्रदेश बाट
मेरो सुन्दर देश सम्झिन
मैले रात पर्खिनुपर्छ !
मेरो फूलैफूलको देश
चादीझै टलक्कै टल्केको हिमशिखरबाट
सर्दै आएका ताराहरु गन्दै
मैले आशु पुछेको कसैलाई थाहै छैन
मेरो झरनै झरनाको देश
बग्दै बग्दै आएर यहाको समुन्द्रमा तैरीएका
मेरा प्रीअजनहरुको अनुहार सम्झदै
मैले चिच्याएर रोएको यहा कसैलाई वास्तै छैन
तेसैले
यहाँ आवाज निकालेर रुनलाई
मैले रात पर्खिनु पर्छ
र रात लाई आफ्नो बनाउनलाई
मैले मेरो प्रीय दिनलाई बिदा गर्नुपर्छ !
©prathana
P