P

एक्लो एकान्त

प्रायः
प्रत्येकको जीवनमा
आ-आफ्नै भागको
अलि क्रूर, अलि प्रिय
थोरै शान्त, थोरै अशान्त
एउटा प्रिय "एक्लो एकान्त" हुन्छ!
जहाँ प्रायः प्राणीहरु
अनन्त परिकल्पना गर्छन !
अझै विवेकशील प्राणीहरु त
दुनियाको भूमिगत सत्यलाई
शस्त्र बनाई कागज़मा कोरिदिन्छन,
र सपनाका सीडीहरु बनाउन थाल्छन् !
जब जब संसारले त्रास देखाउछ !
जब जब अहंकारले ह्रास देखाउछ !
अनि उनी त्यो एकान्तमुनि
स्कूले बच्चा जस्तै "मशान्त" मनाउछन !
प्रायः भित्रको
एक पात्र "म" नि हो !
जो आफ्नो हिस्साको
एकान्तमा निरन्तर हराईरहन्छ!
जसको अगाडी
एउटा अर्को पात्र हुन्छ !
"एक्लो चंद्रमा"
जसको भ्रमको क्रम जारी हुन्छ !
जुन पूर्णिमा पछि
बिलाउने गर्छ त,
त्यही जून औसि पछि
आँखा जुधाउने गर्छ,
र आभास दिलाउछ
सबको आ-आफ्नै भागको
एउटा प्रिय "एक्लो एकान्त" हुन्छ!
त्यो चन्द्रमा देखेर लाग्छ !
हामी बीच साइलेन्ट मूडको
मोबाइलमा रिंग हुदै गरेको
कल जस्तै मौनताको
गहिरो सम्बन्ध छ,
र थाहै नभई मिस्डकॉल आइरहन्छ....!
जस्ले मलाई उत्तर दिन उत्सुक बनाउछ !
'जसरी एउटा लाटोलाई बोल्ने उत्सुक्ता हुन्छ' !
अनि बुनिन्छन
यथार्थ र कल्पनाका आकृतिहरु
र कोरिन्छन मनको विशाल अखबारमा,
जसको श्रेय जान्छ त केवल
त्यो प्रिय "एक्लो एकान्त"लाई !!
©pkpoetry