B

जीवन

फूलले कसको लागि बास्ना छाड्छ?
पाइतालाले कसको निमित्त
आफ्नो पदचाप उहीँ छाडेर हिँड्छ?
भन्नेहरूले त भनिदिए
जीवन घाम हो
जो उदाउँदा उदाउँदै मरिजान्छ।
जीवन पानी हो
जो बिलाइजान्छ बग्दा बग्दै।
र यदि,
जीवन फूल हुनेथ्यो भने
के मर्थ्यो होला?- मग्मगाउँदा मग्मगाउँदै
यदि जीवन .....
©Binayak2021
©binayak