~बुबा~
म विश्व कै अग्लो शिखर माथि उभिएर,
दृश्यको आनन्द लिराथे, खै के सुरले,
तला हेर्दा थाहा भयो मैले सगरमाथा मा हैन,
आफ्नो बुबाको काँधमा टेकेको रहेछु।-
पाँच सयले पुग्ने ठाउँमा,
हजार रुपैयाँ गोजीमा हाली
भन्नु हुन्थ्यो ए! छोरा,
धेरै दिन सकिन यसपाली।-
जिन्दगीमा लड्दा-लड्दा थाकि सकेँ,
त्यसैले धेरै मठ् र मन्दिरमा पुगेँ,
अनि धेरै चर्च् र गुम्बाको द्वार ढुकेँ,
यि सबै धर्म स्थलमा
ढुंगे भगवान् त धेरै देखेँ
तर असली भगवान् त मैले,
आफ्नो बुबाको रुपमा देखेँ।-
#love_you_dad
#jaya #Nepal
#Namastey🙏
©dilip
W