M

मनको आवाज❤️

मनको आवाज❤️
तिमी मेरो मनले लुकाएर राखेको त्यो रहर हौ,
जसलाई म आफैँबाट पनि जोगाइराख्न चाहन्छु।

तिमी त्यो वर्षा हौ,
जसले भिजायो भने पनि शीतलता मात्र छोडिदिन्छ,
र म बारम्बार तिम्रै बादलमुनि उभिन मन पराउँछु।

तिमी त्यो शब्द हौ,
जसलाई बोल्दा मुटु हल्लिन्छ
र नसक्दै पनि बोल्न मन लागिरहन्छ।

तिमी मेरो प्रमाद होइन,
मेरो परिबर्तन हौ
जसले अँध्यारो बाटोमै
आफैँलाई भेटिएको अनुभूति गरायो।

तिमी त्यो रहस्य हौ,
जसलाई साँच्न गाह्रो पनि हुन्छ,
छोड्न झनै असम्भव
र अझै पनि,
यदि कसैले मेरो मनको मानचित्र माग्यो भने तिम्रो नाम
म पहिलो र अन्तिम गन्तव्य भनेर देखाइदिन्छु।🦋