प्रिये साथमा नहुँदा लेखेको रहेछु उनको यादमा यसरी :
निष्ठुरी दूरी
मेरी प्रिये तिम्रो यादमा
मेरी सङ्गिनी तिम्रो अनुपस्थितिमा
यस्तो संकटकालिन समय
गुज्रिरहेछु यतिखेर
एउटा कहालीलाग्दो छट्पटि
एउटा असीम व्यग्रता
हररात मेरो छात्तीका वाटो
भएर हिँड्छन् ।
मनका आलमारी भरि भरि
ठेलीका ठेली छन्
चोटका कविता सङ्ग्रहहरू
जुन पढेर सुनाउन पाएकै छुइनँ
प्रिये तिमीलाई ।
बिझेको काँडा ,
लागेको ठेस,चिप्लिएको खुट्टा,
खल्बलिएको मनस्थिति
अनि
अलमलिएको हिंडाँई
देखाउनै पाएको छुइनँ
प्रिये तिमीलाई ।
हरेक दिन अनि हर रात
सिद्धिन्छ,रित्तिन्छ
शुन्यसरि।
बोलेको नसुन्ने एउटी बहिरी जस्ती
भनेको कुरो नबुझ्ने एउटी लाटी जस्ती
एउटा आकृति मात्र छ्यौ छात्तीभित्र
एउटा अमूर्त आकृति मेरा आँखा सामु
तर तिमी
थुप्रो अग्ला अग्ला निष्ठुरी डाँडाहरूपछि छ्यौ
लामा राजमार्ग ,गोरेटाहरूले,
खोला अनि नदिहरूले
गाउँ अनि शहरहरूले
अनि घना जङ्गलले
टाडिएकी छ्यौ।
©bipal
B