P

पुकार मलाई तिमी सुस्तरी

सुनौलो स्वरूप मेरो
राताम्मे वश्त्र ले ढाकिएर
दस हाथ म फिजाउदैं
पूर्ण एक मेरो शरीर लम्काउदैं छु
अनेक छन् मेरो नाउँ प्रत्येकमा म ,अनि म, सिगों म
पुकार मलाई तिमी सुस्तरी तिम्रो कोमल मुटु देखि
नफाड़ गला बेर्रथैंमा शक्ति ह्रास हुने गरि
अन्त गर्ने छु ति कुकर्मीहरु लाई
जसले अरू लाई दुखित गर्छ
तर नरोपी भाला छातीमा
फुक्नेछु शंख मस्तिष्कमा
चाहिदैन मलाई त्यो मदिरा
जहा हजारौँ नर ढालेर
चाहिँ दैन मलाई त्यो अक्षता
जहाँ पछींको मुख पर्दैन
सत्मार्ग गर
ह्रिदय ले पुकार
आउनेछु सदा
तिम्रो अन्तर मनमा
अनेकौँ रूप धारण गरि
अन्याय को अन्त गर्न
नरोपी भाला
नकाटी शिर
आउनेछु तिम्रो घर घरमा
कहिले जया
कहिले बिजया बनि ॥
©prathana