A

तर किन! आज म तिरस्कृत छु ।।

तर किन! आज म तिरस्कृत छु
मलाई केही चिन्ता छैन यो दुनियाँमा ,
मलाई केही वास्ता छैन कसैको जिन्दगीमा ,
आफ्नै खान्छु लगाउँछु
तर किन! आज म तिरस्कृत छु।।
ति स-साना कोपिला झै
ति कलिला चिचिला झै
न्यानो आमाको काखमा बसि हुर्किन्दैछु
तर किन! आज म तिरस्कृत छु।।
म हिडेको बाटो अपवित्र हुन्छ रे
म बसेको चौकि थोत्रे हुन्छ रे
मलाई गरिब भनि तिरस्कार गर्छन्
आफ्नो पसिनाको कमाई त! खान्छु नि
तर किन! आज म तिरस्कृत छु ।।
म हिडेको देख्दा खिसी गर्छन्
मलाई नै हासोको पात्र बनाउँछन्
मेरोनै पछि लागी कुरा काट्दै हिड़्छन्
मलाई नराम्रोनै देख्दा रहिछन् ।
तर किन! आज म तिरस्कृत छु ।।
आशिष् खतिवडा अत्री
©attris